२०८३, मंसिर ७ गते

  • उर्जा
  • नेपाल–भारत ऊर्जा व्यापारमा नयाँ प्रगति, विद्युत्...

नेपाल–भारत ऊर्जा व्यापारमा नयाँ प्रगति, विद्युत् आयात र निर्यात दुवै सहज

नेपाल–भारत ऊर्जा व्यापारमा नयाँ प्रगति, विद्युत् आयात र निर्यात दुवै सहज

images
मंगलवार, मंसिर १ २०८३०४:३०
मंगलवार, मंसिर १ २०८३०४:३०
  • images

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रियासँगै नेपाल–भारत विद्युत व्यापारमा थप सहजीकरण भएको छ । मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको केही समयमै भारतले विद्युत् आयात तथा निर्यातसम्बन्धी नयाँ अनुमति दिएको छ । 

    भारतले मंगलबार नेपाल विद्युत् प्राधिकरणलाई हिउँदयाममा ३५० मेगावाटसम्म विद्युत् आयात गर्न र थप ५६ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको छ । यससँगै नेपाल–भारतबीच विद्युत् व्यापारमा थप सहज हुनुका साथै आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    भारतबाट आयातको अवसर विस्तार हुनु र थप विद्युत् निर्यातको अनुमति प्राप्त हुनुले नेपाल–भारत ऊर्जा व्यापारमा सकारात्मक प्रगति भएको छ । यसले हिउँदयामको आपूर्ति व्यवस्थापनसँगै नेपालको विद्युत् निर्यात क्षमता उपयोगमा समेत सहयोग पुग्ने देखिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार ९आईएक्स० को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको छ । यो अनुमति आगामी साउन १५ गतेसम्म कायम रहनेछ ।

    अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् आयात गर्न सकिने छ ।

    हिउँदयाममा आन्तरिक विद्युत् उत्पादन घट्ने र माग उच्च रहने भएकाले आपूर्ति व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ । 

    यसैगरी, नेपालले थप ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित उक्त विद्युत् आगामी साउन १५ गतेसम्म भारतमा निर्यात गर्न सक्नेछ । मंगलबार मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भएको भेटवार्तामा दुई देशबीचको विद्युत् व्यापार विस्तार, अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा ऊर्जा निर्यातमा आवश्यक सहजीकरणका विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend