२०८३, मंसिर ७ गते

निषेधित क्षेत्रमा अनुमति बिना विदेशी पर्यटक लैजाने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा अनुमति बिना विदेशी पर्यटक लैजाने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

images
शुक्रवार, कार्तिक २० २०८३०४:३८
शुक्रवार, कार्तिक २० २०८३०४:३८
  • images

    काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई विदेशी नागरिकलाई पदयात्रामा लैजाने ट्राभल्स एजेन्सीलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

    विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गर्ने पदयात्री तथा ट्राभल्स एजेन्सीमाथि कारबाही गरिएको जनाएको हो ।

    विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई चार जना विदेशी नागरिक प्रवेश गरेको विषयमा जिल्ला प्रशासन कार्यालय, डोल्पाबाट कारबाहीका लागि पत्र प्राप्त भएको थियो ।

    सोही आधारमा प्रचलित कानुनको पालना नगर्ने माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(ख) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

    त्यसैगरी, पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गरेका चार जना विदेशी नागरिकलाई पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुरको दोब्बर अर्थात् प्रतिव्यक्ति २० अमेरिकी डलर जरिवाना गरिएको छ । उनीहरूलाई जनही १० हजार रुपैयाँका दरले पनि जरिवाना गरिएको विभागले जनाएको छ ।

    विभागले नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन पदयात्रासम्बन्धी कानुनी प्रावधान र अनुमति प्रणालीको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    विशेषगरी निषेधित क्षेत्रमा प्रवेश गर्दा अध्यागमन नियमावली, २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ ।

    विभागले विदेशी नागरिकलाई निषेधित क्षेत्रमा पदयात्राका लागि लैजाने ट्राभल्स तथा ट्रेकिङ एजेन्सीहरूलाई अनिवार्य रूपमा विभागको प्रणालीमा आबद्ध हुन र अनुमति लिएर मात्रै पदयात्रा गराउन आग्रह गरेको छ ।

    साथै, विदेशी नागरिक, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई पदयात्रासम्बन्धी कानुनी व्यवस्थाको पूर्ण पालना गर्न विभागले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend