२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • आजको विदेशी मुद्रा विनिमयदरः अमेरिकी डलर...

आजको विदेशी मुद्रा विनिमयदरः अमेरिकी डलर १५० रुपैयाँ ७८ पैसा, पाउन्ड २०० रुपैयाँ नाघ्यो

आजको विदेशी मुद्रा विनिमयदरः अमेरिकी डलर १५० रुपैयाँ ७८ पैसा, पाउन्ड २०० रुपैयाँ नाघ्यो

images
शुक्रवार, कार्तिक २७ २०८३०८:०३
शुक्रवार, कार्तिक २७ २०८३०८:०३
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ ।

    त्यस्तै, एक युरोपियन युरोको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा रहेको छ ।

    स्विस फ्र्याङ्कको खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २८ पैसा कायम हुँदा अस्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७९ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ । चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

    त्यस्तै, साउदी रियालको खरिददर ४० रुपैयाँ २ पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा तथा संयुक्त अरब इमिरेट्सको दिरामको खरिददर ४० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५ पैसा रहेको छ ।

    मलेसियन रिङ्गिटको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम हुँदा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । हङकङ डलरको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ ।

    कुवेती दिनारको खरिददर ४८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५९ पैसा कायम भएको छ । त्यस्तै, बहराइन दिनारको खरिददर ३९८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ८४ पैसा तथा ओमानी रियालको खरिददर ३९० रुपैयाँ ६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend