२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
शुक्रवार, कार्तिक २७ २०८३१०:५८
शुक्रवार, कार्तिक २७ २०८३१०:५८
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।

    यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो मूल्यअनुसार सुनको भाउ चार दिनको अन्तरमा प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा पनि परिवर्तन हुने गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend