२०८३, मंसिर ७ गते

सर्वोच्चमा चार न्यायाधीश नियुक्त

सर्वोच्चमा चार न्यायाधीश नियुक्त

images
शुक्रवार, कार्तिक २७ २०८३०१:०९
शुक्रवार, कार्तिक २७ २०८३०१:०९
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्।

    नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा आज नियुक्त गरेका हुन्।

    राष्ट्रपतिको कार्यालयका अनुसार डा रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो । 

    डा बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन ९हेटौँडा इजलास० र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend