२०८३, मंसिर ७ गते

  • राजनीति
  • सुशासन र आर्थिक विकासबारे अनुभव साट्न...

सुशासन र आर्थिक विकासबारे अनुभव साट्न २० सदस्यीय रास्वपा टोली चीन भ्रमणमा जाँदै

सुशासन र आर्थिक विकासबारे अनुभव साट्न २० सदस्यीय रास्वपा टोली चीन भ्रमणमा जाँदै

images
आइतवार, कार्तिक २९ २०८३०७:५७
आइतवार, कार्तिक २९ २०८३०७:५७
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच विभिन्न विषयमा अनुभव आदानप्रदान तथा छलफल हुनेछ ।

    भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

    रास्वपा र सीपीसीले यस भ्रमणलाई दुई देशबीच राजनीतिक संवाद, आपसी समझदारी र विकास सहकार्यलाई थप विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

    महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन् ।

    रास्वपाले भ्रमणबाट दुई देशका राजनीतिक दलबीच सम्बन्ध थप मजबुत हुने, एकअर्काका अनुभवबाट सिक्ने तथा विकासका साझा मुद्दामा सहकार्यका नयाँ सम्भावना पहिचान हुने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend