काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेसँगै उपभोक्ताले केही सस्तोमा सुन खरिद गर्न पाउने भएका छन्।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमयदर तथा विश्वव्यापी आर्थिक अवस्थाले नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ।

