२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा...

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा १ हजार ९ सय रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा १ हजार ९ सय रुपैयाँ घट्यो

images
मंगलवार, मंसिर १ २०८३११:०५
मंगलवार, मंसिर १ २०८३११:०५
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।

    सोमबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।

    त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।

    पछिल्लो मूल्य घट्ने क्रमले नेपाली बजारमा सुनचाँदी दुवैको भाउमा दबाब देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend