काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीलाई सम्मान गरेका हुन्।
व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौती तथा प्रतिकूल परिस्थितिको सामना गर्नुपरे पनि सेवा प्रवाहलाई निरन्तरता दिएको, सरकारलाई राजस्व योगदान पुर्याएको र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो।
राष्ट्रिय कर दिवसकै अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई समेत सम्मान गरेको छ। कार्यक्रममा अर्थमन्त्री वाग्लेले उत्कृष्ट करदाताहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेका थिए।

