२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
बुधवार, मंसिर २ २०८३१०:४९
बुधवार, मंसिर २ २०८३१०:४९
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदी दुबैको मूल्य घटेको छ । पछिल्लो केही दिन यता निरन्तर घटेको सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेकाे हाे ।

    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ११० रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend