२०८३, मंसिर ७ गते

  • राजनीति
  • एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज,...

एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले ‘गर्नुपर्ने १५ काम’बारे प्रशिक्षण दिने

एमाले राष्ट्रिय भेलाको दोस्रो दिन आज, ओलीले ‘गर्नुपर्ने १५ काम’बारे प्रशिक्षण दिने

images
बिहिवार, मंसिर ३ २०८३०७:२१
बिहिवार, मंसिर ३ २०८३०७:२१
  • images

    काठमाडौँ । काठमाडौंमा जारी नेकपा (एमाले)को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुँदैछ ।

    आजको कार्यक्रममा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

    उनका अनुसार त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन् ।

    भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुने आचार्यले बताए ।

    यसैबीच, आजै दिउँसो ३ बजेदेखि कार्की कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend