२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • बिहीबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा...

बिहीबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
सीएनएन खबर
बिहिवार, मंसिर ३ २०८३१०:५१
सीएनएन खबर
बिहिवार, मंसिर ३ २०८३१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । यसअघिको दिनहरूमा घटेको सुन–चाँदीको मूल्य बिहीबार पनि निरन्तरता पाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला  ३ हजार ३ सय रुपैयाँ घटेको छ भने चाँदी तोलाको ४५ रुपैयाँ घटेको छ ।

    महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आजको नेपाली बजारमा चाँदीको मूल्य तोलाको ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend