२०८३, मंसिर ७ गते

  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन ह्वात्तै घट्यो...

साताको अन्तिम कारोबार दिन ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
शुक्रवार, मंसिर ४ २०८३१२:२५
शुक्रवार, मंसिर ४ २०८३१२:२५
  • images

    काठमाडौँ । नेपाली बजारमा साताको अन्मित कारोबार दिन सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend