२०८३, मंसिर ७ गते

  • राजनीति
  • प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ उद्योगी...

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ उद्योगी व्यवसायी सहभागी हुँदै

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ उद्योगी व्यवसायी सहभागी हुँदै

images
शुक्रवार, मंसिर ४ २०८३१२:३७
शुक्रवार, मंसिर ४ २०८३१२:३७
  • images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालका ५२ जना उद्योगी तथा व्यवसायी पनि भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका प्रतिनिधिहरू आफ्नै खर्चमा भ्रमण टोलीमा सहभागी हुन लागेका हुन्।

    प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीमध्ये सबैभन्दा ठूलो प्रतिनिधित्व नेपाल उद्योग वाणिज्य महासंघको रहेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक गोपालप्रसाद तिवारीसहित कार्यसमिति सदस्यहरू भ्रमण टोलीमा सहभागी हुनेछन्।

    महासंघबाट बटु लामिछाने, सुनिता नेह्येमाफुकी, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शशीकुमार अग्रवाल पनि भारत जाने सूचीमा छन्।

    नेपाल उद्योग परिसंघबाट अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उद्योगी राजबहादुर शाह सहभागी हुनेछन्। त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि टोलीमा रहनेछन्।

    नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) बाट अध्यक्ष कुनाल कायल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी भारत जानेछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) बाट अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र ऊर्जा उद्यमी पुष्कर पौडेल सहभागी हुनेछन्।

    त्यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, नास–आईटीका उपाध्यक्ष विभूषण विष्ट, तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, फेडरेसन अफ नेप्लिज इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष खिमनारायण पराजुली र नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ पनि भ्रमण टोलीमा छन्।

    नेपाल निर्यात उद्यमी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र औषधि उद्योगी अर्जुनकुमार श्रेष्ठ पनि भारत जानेछन्।

    पर्यटन तथा सेवा क्षेत्रबाट नेपाल कफी महासंघका उपाध्यक्ष सरोज श्रेष्ठ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरत जङ्ग पाण्डे र होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह सहभागी हुनेछन्।

    महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ र महासचिव दिकिला शेर्पा लामा तथा नेपाल कार्पेट उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ पनि भ्रमण टोलीमा समेटिएका छन्।

    यसैगरी, उद्योगी व्यवसायीहरू विष्णुकुमार अग्रवाल, सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, जीवा लामिछाने, टुकप्रसाद पौडेल, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, यमुना श्रेष्ठ, नरेश दास, रञ्जनकुमार बान, दिलीप अग्रवाल, सञ्जय काफ्ले र दीपक थापा पनि प्रधानमन्त्रीसँगै भारत जानेछन्।

    प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रको उल्लेख्य सहभागितालाई नेपाल–भारतबीच व्यापार, लगानी, उद्योग तथा आर्थिक सहकार्य विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend