२०८३, मंसिर ७ गते

  • राजनीति
  • भारत भ्रमणमा जान नपाएका विराजभक्तले सम्हाल्ने...

भारत भ्रमणमा जान नपाएका विराजभक्तले सम्हाल्ने भए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

भारत भ्रमणमा जान नपाएका विराजभक्तले सम्हाल्ने भए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

images
आइतवार, मंसिर ६ २०८३१२:२५
आइतवार, मंसिर ६ २०८३१२:२५
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको जानकारीसहितको पत्र पुगेको छ । 

    प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

    प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जान लागेका हुन् । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् । 

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ भने समकक्षी नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय र एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरेर सोमबार साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend