काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।
साँझ साढे ६ बजे सुरु हुने फाइनल खेल अवलोकन र पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली आज रंगशाला जान लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

