काठमाडौं । छठका लागि काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ । यस वर्ष काठमाडौं महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाह (बालेन) ले जानकारी दिएका छन्।
काठमाडौं महानगरपालिकाले वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरेको छ । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।
खासगरी तराई-मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्व केही वर्षयता भने के तराई, के पहाड सबैतिर उत्तिकै आस्थाका साथ मनाउने गरिएको छ। त्यसै अनुसा महानगरले छठघाट बनाएको हो ।
बिहीबार व्रतालुले अस्ताउँदो र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ एपछि छठ पर्व सकिन्छ । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको मुख्य दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
–गौरीघाट, वडा ८
– कोटेश्वर दोभान, वडा ३२
–कमलपोखरी, वडा १
–वंशीघाट, वडा ११
– बालाजु बाइसधारा, वडा १६
–धौखेल खोला, वडा १३
–कुमारी क्लब, वडा १४
–भुवनेश्वरी मन्दिर, वडा १४

