२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बालुवाटारमा ओली प्रचण्डबीच भेटवार्ता, के भयो...

बालुवाटारमा ओली प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

बालुवाटारमा ओली प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१०१:५३
सीएनएन खबर
सोमवार, आषाढ १७ २०८१०१:५३
  • images

    काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

    दुई नेताहरुबीच साढे ३ घण्टा बढी भएको छलफलमा ओलीले प्रचण्डलाई अहिलेको सत्ता समीकरणमा कुनै समस्या नआउनेमा विश्वस्त दिलाएका छन् । 

    उनले बजारमा कांग्रेससँगको समीकरण बनाउने हल्ला चलेको भन्दै हल्लालाई विश्वास नगर्न प्रचण्डलाई आग्रह गरेका हुन ।

    प्रधानमन्त्री प्रचण्डका स्वकिय सचिव रमेश मल्लले मिडियामा आएको हल्लाको सत्यता नभएको बताए । उनले बैठकमा ओलीको भनेको भनाई उदृत गर्दै ‘अहिलेको सत्ता समीकरणमा कुनै समस्या आउँदैन, अहिलेको समीकरण जे छ त्यही अनुसार अगाडि जान्छ’ भनेको बताए । 

    यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ ।

    देउवा र ओलीबीचको यो वार्तालाई सत्तारुढ दलकै अन्य घटकहरूले ‘सिरियस्ली’ लिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend