काठमाडौँ । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारीलाई सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई सोमबार संसदको सचिवमा नियुक्तीका लागि सिफारिस गरेका हुन् ।
सभामुखले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सो पद रिक्त थियो ।

