२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मध्यरातमा ओली देउवाबीच सहमति : बराबर...

मध्यरातमा ओली देउवाबीच सहमति : बराबर अध्यक्ष, कसलाई कुन मन्त्रालय ?

मध्यरातमा ओली देउवाबीच सहमति : बराबर अध्यक्ष, कसलाई कुन मन्त्रालय ?

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०७:३२
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०७:३२
  • images

    काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराती सत्ता सहकार्य गर्ने सहमति भएको छ । संसद्का दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधन गर्ने मुख्य एजेन्डासहित सहमति गरेपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार विघटनको संघारमा पुगेको छ । 

    एक महिनायताका पटकपटकका छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका स्रोतले जनाएको छ । उनीहरुले ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउन सहमति गरेको जनाएका छन् ।

    दुई दलबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन् ।

    सुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ । यससँगै प्रदेश सरकारमा पनि दुई दलले ३ ३ प्रदेश बाँडेर लिने सहमति गरेका छन् ।

    एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहित दुई दलका दोस्रो तहका नेताले सोमबार दिउँसो तयार पारेको लिखित सहमतिको मस्यौदामा मध्यराति दुई नेताले हस्ताक्षर गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend