२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस पदाधिकारीको बैठक बस्दै, यी हुन...

कांग्रेस पदाधिकारीको बैठक बस्दै, यी हुन एजेण्डा ?

कांग्रेस पदाधिकारीको बैठक बस्दै, यी हुन एजेण्डा ?

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०७:४५
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०७:४५
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पदाधिकारीका बैठक आह्वान गरेका छन् । उनले मंगलबार बिहान ९ बजे आफ्नै निवास बुढानिलकण्डमा पदाधिकारीको बैठक बोलाएका हुन् ।

    बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।

    समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी छ ।

    दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष  र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend