२०८३, आश्विन १९ गते

images

एमालेका आठ मन्त्रीले राजीनामा दिदैँ

एमालेका आठ मन्त्रीले राजीनामा दिदैँ

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०८:००
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०८:००
  • images

    काठमाडौँ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । 

    सोमबार मध्यरातमा कांग्रेस एमालेबीच सत्ता साझेदारी गर्ने सहमित अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा सहभागी नेकपा एमालेबाट ८ मन्त्रीले राजीनामा दिन लागेका हुन् । 

    उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमाले प्रचण्ड सरकारमा समावेश गरेको थियो । 

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा पदम गिरी, खानेपानी मन्त्रीमा राजेन्द्रकुमार राई, रक्षामा हरिप्रसाद उप्रेती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा बलराम अधिकारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह मन्त्री भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend