२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस–एमालेबीच सत्ता साझेदारीको सहमतिः ४ ठूला...

कांग्रेस–एमालेबीच सत्ता साझेदारीको सहमतिः ४ ठूला दलको बैठक बस्दै

कांग्रेस–एमालेबीच सत्ता साझेदारीको सहमतिः ४ ठूला दलको बैठक बस्दै

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०८:३४
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१०८:३४
  • images

    काठमाडौँ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएसँगै चार ठूला दलले  पार्टी पदाधिकारीको बैठक आह्वान गरेका छन् । 

    प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टा छुट्टै बैठक आह्वान गरेका हुन् । 

    माओवादीको पार्टी पदाधिकारी बैठक ९ बजे 

    कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमित भएसँगै नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । 
    माओवादीका सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

    एमालेको सचिवालय बैठक ३ बजे

    सोमबार साँझ कांग्रेस–एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ ।

    बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।

    रास्वपाको बैठक बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने छ ।

    बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वापाले जनाएको छ । कांग्रेस र एमाले सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

    कांग्रेसको बैठक सभापति निवासमा

    नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पदाधिकारीका बैठक आह्वान गरेका छन् । उनले मंगलबार बिहान ९ बजे आफ्नै निवास बुढानिलकण्डमा पदाधिकारीको बैठक बोलाएका हुन् ।

    बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।

    दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend