काठमाडौँ । सोमबार मध्यरात नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमतिपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
मंगलबार बिहान प्रचण्डलाई भट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
उक्त भेटमा ओलीले सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरे । यस्तै, उनले दुई तिहाई बहुमतको सरकारमा आफू प्रधानमन्त्री बन्न लागेको बताउँदै सरकारमा सहभागी हुन आग्रह गरे ।
बालुवाटार स्रोतका अनुसार ओलीले प्रचण्डलाई माओवादी केन्द्रलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

