२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस–एमाले गठबन्धनः जनता समाजवादी र रापप्राले...

कांग्रेस–एमाले गठबन्धनः जनता समाजवादी र रापप्राले समर्थन गर्ने

कांग्रेस–एमाले गठबन्धनः जनता समाजवादी र रापप्राले समर्थन गर्ने

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८११०:५९
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८११०:५९
  • images

    काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई जनता समाजवादी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएका छन् । संविधान संशोधनको एजेण्डासहित निर्माण भएको उक्त गठबन्धनलाई दुई साना दलले समर्थन गर्ने भएका हुन् । 

    जसपा र राप्रपाको मंगलबार बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने बताए । 

    यस्तै, नयाँ गठबन्धनलाई जनता समाजवादी पार्टीले साथ दिने भएको छ । सोमबार मध्यरातमा भएको उक्त सहमतिलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले साथ दिने बताएका हुन् । 

    उनले तत्काल आफ्नो पार्टीले सरकारमा जाने नजाने भन्दा पनि नयाँ समीकरणलाई साथ दिने निर्णय भएको बताए । 

    माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend