२०८३, आश्विन १९ गते

images

भरतपुर महानगरपालिकाले दिन थाल्यो तीन पाङ्ग्रे अटोको रुट परमिट

भरतपुर महानगरपालिकाले दिन थाल्यो तीन पाङ्ग्रे अटोको रुट परमिट

शुक्रवार, मंसिर ७ २०८१०३:४६
शुक्रवार, मंसिर ७ २०८१०३:४६
  • images

    काठमाडौँ । भरतपुर महानगरपालिकाले तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु गरेको छ । 

    महानगरपालिकाले शुक्रबार कालिका नगरपालिका वडा नम्बर ५ का मेष नारायण श्रेष्ठलाई अटोको पहिलो रुट परमिट दिइएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा श्रेष्ठलाई रुट परमिट अनुमति दिएका हुन् ।

    रुट परमिट अनुसार महानगरले तोकेको निषेधित क्षेत्र बाहेक अन्य ठाँउमा चलाउन पाइने छ । ३ पाङ्ग्रे अटो तथा म्याजिक भ्यानको व्यवस्थापनको लागि महानगरपालिका यातायात शाखा स्थापना गरेको छ । 

    महानगरपाकिलले १५ दिने सूचना आह्वान गरी अभिलेखिकरण र दर्ता गर्न म्याजिक भ्यान तथा अटो सञ्चालकलाई आग्रह गरेको थियो ।

    म्याजिक भ्यानको अभिखेखिकरण गर्न २ हजार, अटोको १ हजार, अटोको दर्ता गर्न  १०० र स्टिकरको ३०० रुपैयाँ तोकिएको महानगरका अधिकृत बालकृष्ण थपलियाले जानकारी दिए ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (४) उपदफा (३) ट (२) अनुसार स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी सेवाको गुणस्तर, भाडादर निर्धारण र नियमनको अधिकार स्थानीय तहलाई तोकिएको छ ।

    महानगरमा करिब १५ सय अटो र ७ सयको संख्यामा म्याजिक भ्यान रहेको छ । यस विषयमा यातायात व्यावसायी पनि सकारात्मक रहेको अधिकृत थपलियाले जानकारी दिए ।

    म्याजिक भ्यान र अटोको अभिलेखिकरण भएमा नगर क्षेत्रमा हुने दुर्घटनालाई न्यूनिकरण हुने, ट्राफिक नीति तथा नियम बनाउन सहज हुने, रुट निर्धारण गर्न सहज र सौन्दर्यकरणलाई थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend