२०८३, आश्विन १९ गते

images

नयाँ गठबन्धन सरकारमा रास्वपा सहभागी नहुने

नयाँ गठबन्धन सरकारमा रास्वपा सहभागी नहुने

सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१११:३४
सीएनएन खबर
मंगलवार, आषाढ १८ २०८१११:३४
  • images

    काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनाउन लागेको नयाँ गठबन्धनको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागि नहुने भएको छ । 

    सोमबार मध्यरातमा उक्त सहमति भएपछि मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले उक्त सरकारमा सहभागि नहुने निर्णय गरेको हो । 

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको तर्क गरे । उक्त गठबन्धनले देशलाई राजनीतिक स्थायित्व पनि नदिने निष्कर्ष बैठकले निकालेको उनले जानकारी दिए ।

    एमाले माओवादीको वर्तमान गठबन्धनमा रास्वपा सभापतिको नेतृत्वमा उपप्रधान र गृहमन्त्रीसहितका मन्त्रालय लिएर सहभागी भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend