काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने बताएका छन् । सोमबार मध्यरात नेकपा एमाले र नेपाली काँग्रेस मिलेर नयाँ गठबन्धनको सरकार बनाउने सहमति गरेपछि उनले पदबाट राजीनामा नदिने बताएका हुन् ।
बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने बताएका हुन् ।
बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको पनि बताए।

