काठमाडौँ । साताको पहिलो कारोबार दिनमा सुनको मूल्य उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २ सय कायम भएको हो ।
महासंघको तथ्यांक अनुसार शुक्रबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुनको मूल्यसँगै चाँदीको मूल्य समेत उकालो लागेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएकोमा आइतबार तोलामा २० रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

