२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

सीएनएन खबर
बुधवार, आषाढ १९ २०८१०८:५७
सीएनएन खबर
बुधवार, आषाढ १९ २०८१०८:५७
  • images

    काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक  बस्ने भएको छ । 

    पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा  पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    संसद्मा दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए । बैठकमा उक्त विषयका बारेमा समेत छलफल हुने बताइएको छ । 

    कांग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ  । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend