काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बुधबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय बालाजुमा बैठक सुरु भएको हो ।
आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमसँगै महामन्त्री डा मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने जनाईएको छ ।

