काठमाडौँ । यामाहा मोटरसाइकलको मूल्य बढेको छ । नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू राइडको मूल्य बढाउन लागेको हो ।
कम्पनीले नयाँ मूल्य सार्वजनिक गर्दै मोटरसाइकलको मूल्य बढ्न लागेको जनाएको हो । सार्वजनिक भएको मूल्य अनुसार मोटरसाइकलको मूल्य २० हजार रुपैयाँसम्मले बढेको छ ।
कम्पनीले यामाहाका सबैजसो प्रिमियम मोटरसाइकलको मूल्य बढाएको हो । यामाहाले सबैभन्दा धेरै २० हजार रुपैयाँले आर १५ एमको मूल्य वृद्धि गरेको हो ।
यसअघि ६ लाख १९ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको आर १५ एमको मूल्य २० हजारले बढेर ६ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै, एमटी १५ बीएस ६ दुई भेरियन्टमा १४ हजार र १५ हजार रुपैयाँले मूल्य बढेको छ ।
कम्पनीले एमटी १५ नर्मलमा १४ हजारले मूल्य बढेर ५ लाख २८ हजार ९०० रुपैयाँ पुगेको छ भने, ह्वाइट एण्ड सीडब्लूवाईमा १५ हजारले बढेर ५ लाख २४ हजार ९०० पुगेको छ ।
त्यसैगरी, यामाहा एफजेडएस एफआई भी टुको मूल्य ९ हजारले बढेर नयाँ मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । एफजेड एफआई भी टुको मूल्य १४ हजारले वृद्धि गरेर ३ लाख ५५ हजार ९०० रुपैयाँ कायम गरेको छ ।
कम्पनीले बिक्रीमै नभएको मोटरसाइकल फेजर २५ को मूल्यसमेत १५ हजार वृद्धि गर्दै ४ लाख २९ हजार ९०० तोकेको छ ।

