काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नमोनारायण माझी निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारूलाई पराजित गर्दै माओवादीका माझी अध्यक्षमा निर्वाचित भएका हुन् ।
माझी ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका थारू ५३३३ मतसहित दोस्रो भएका छन् । यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए । माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो ।
स्थानीय तह उपनिर्वाचनः नेपाली कांग्रेसले गुमायो महत्वपूर्ण ३ पद

