काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । निर्वाचन आयोगका अनुसार नगलगाडको उपमेयरमा देवका लामिछाने ४२७२ मत ल्याई निर्वाचित भएकी हुन् ।
नलगाडको उपप्रमुख गुमाएसँगै नेपाली कांग्रेसले महत्वपूर्ण ३ पद गुमाएको छ । यसअघिको निर्वाचमा निर्वाचित भएकामध्ये कांग्रेसले महत्वपूर्ण मानिएको दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, नलगाडको उपप्रमुख र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष गुमाएकाे हाे ।
यस्तै अति महत्वपूर्ण मानिएकाे काठमाडौँ महानगरपालिका वडा नम्बर १६ काे अध्यक्षपनि काग्रेसले गुमाएको छ । यसअघि अध्यक्ष, उपाध्यक्ष र १८ स्थानमा वडाअध्यक्ष रिक्त भएको थियो । उक्तमध्ये हालसम्म १५ वटा वडामा कांग्रेसले जित हासिल गरिसकेको छ ।

