काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले ७ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले असार २ गते एक सूचना जारी गर्दै उक्त कम्पनीको लाइसेन्स खारेजी गरिएको जनाएको हो ।
सूचना अनुसार समयावधिभित्र नवीकरण नभएका कारण खारेजी गरिएको उल्लेख छ । खारेजीमा पर्नेमा जिल्ला स्तरका कम्पनीहरु रहेका छन् ।
जसमा कम्पनीहरुमा झापाको एसिया नेट कम्युनिकेसन प्रालि, मोरङको बशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको यस नेट प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालि कम्पनी रहेका छन् ।


