२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एमाले–कांग्रेस सत्ता समिकरणः रास्वपाका चारै मन्त्रीले...

एमाले–कांग्रेस सत्ता समिकरणः रास्वपाका चारै मन्त्रीले राजीनामा दिदैँ

एमाले–कांग्रेस सत्ता समिकरणः रास्वपाका चारै मन्त्रीले राजीनामा दिदैँ

सीएनएन खबर
बिहिवार, आषाढ २० २०८१०८:२४
सीएनएन खबर
बिहिवार, आषाढ २० २०८१०८:२४
  • images

    काठमाडौँ । प्रधानमन्त्री प पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चारै मन्त्रीले राजीनामा दिने भएका छन् । 

    उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बिहीबार बिहान संयुक्त रुपमा राजीनामा पत्र बुझाउन लागेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    ‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान ८ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ’, परियारले भने ।

    प्रचण्ड नेतृृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । 

    बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

    नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend