२०८३, आश्विन १९ गते

images

दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गर्ने इलेक्टोनिक्स पसललाई एक लाख जरिवाना

दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गर्ने इलेक्टोनिक्स पसललाई एक लाख जरिवाना

बुधवार, मंसिर १९ २०८१०३:३१
बुधवार, मंसिर १९ २०८१०३:३१
  • images

    काठमाडौं ।  खरीद बिलबिजक र दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरिएको एक इलेक्ट्रोनिक्स पसललाई एक लाख रुपैयाँ जरिवाना गराइएको छ ।

    बजार अनुगमनमा गएको वाणिज्य विभागको टोलीले ललितपुर महानगरपालिका १ बखुण्डोलस्थित नेपाः हिमा ट्रेड लिङ्क प्रालिलाई जरिवाना तिराएको हो । 

    यसैगरी अर्को  खरीद बिलबिजक नराख्ने ललितपुर महानगर १० को अर्गानिक कटन एण्ड बेड सिट हाउसलाई २० हजार जरिवाना गरिएको विभागले जनाएको छ । 

    विभागको टोलीले मंगलबार विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत सञ्चालन गर्दै आएका दुई फर्मलाई जरिवाना तीन वटालाई कागजातसहित उपस्थित हुन र अन्य १२ फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend