काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।
बालुवाटारमा प्रचण्डलाई भेटेर सामूहिक राजीनामा दिनेभन्दै पुगेका ४ मन्त्रीहरु राजीनामा हातमा बोकेर र्फिता भएका हुन् । प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएको जनाईएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘राजीनामा बुझाउन गएका थियौं । सम्मानीय प्रधानमन्त्रीले छलफल गर्नुप¥यो भन्नुभयो । कुरा गर्यौं,’ उनले भने, ‘आफ्नो संवैधानिक अधकिारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।
एमाले–कांग्रेस सत्ता समिकरणः रास्वपाका चारै मन्त्रीले राजीनामा दिदैँ

