२०८३, आश्विन २० गते

images
  • राजनीति
  • उपनिर्वाचनमा रोकिएको मतदाता नामावली दर्ता तथा...

उपनिर्वाचनमा रोकिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक आइतबारदेखि सुरु

उपनिर्वाचनमा रोकिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक आइतबारदेखि सुरु

शुक्रवार, मंसिर २१ २०८१०९:२७
शुक्रवार, मंसिर २१ २०८१०९:२७
  • images

    काठमाडौं । उपनिर्वाचनका कारण रोकिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आइतबारदेखि सुचारु हुने भएको छ । आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुचारु गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो ।

    यसअघि स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा उक्त उपनिर्वाचन सम्पन्न भई परिणाम समेत आइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगका सहसचिव एवम प्रवक्ता सिता पोखरेलले जानकारी दिईन ।

    उनका अनुसार कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए पनि उसले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाण सहित आयोगको वेबसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम यकिो स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने र नागरिकतामा उल्लिखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्ने आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend