२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • लिम्चुङबुङमा बियरदेखि गुड्खासम्म प्रतिबन्ध, पालिकाको नाकाबाट...

लिम्चुङबुङमा बियरदेखि गुड्खासम्म प्रतिबन्ध, पालिकाको नाकाबाट भित्रिए जफत हुने

लिम्चुङबुङमा बियरदेखि गुड्खासम्म प्रतिबन्ध, पालिकाको नाकाबाट भित्रिए जफत हुने

सीएनएन खबर
बिहिवार, आषाढ २० २०८१०५:१०
सीएनएन खबर
बिहिवार, आषाढ २० २०८१०५:१०
  • images

    काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले आयातित सिसाजन्य मदिरा तथा अन्य पेय पदार्थमा प्रतिबन्ध लगाएको छ । 

    पालिकाले बिहीबार एक सूचना जारी गर्दै असार १८ गते बसेको कार्यपालिकाको बैठकले पालिकाभित्र बियर, रक्सी, डिउ, कोका, फेन्टा, रेडबुल, सुर्ती तथा चुरोट र गुड्खा बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

    उक्त पेय पदार्थ तथा मदिराजन्य पदार्थको सेवनले लिम्चुङबुङ बासीको स्वास्थ्मा गम्भिर असर पारी रोगि बनाउने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने तथा गाउँलाई बिघटन बनाउन प्रत्यक्ष असर पार्ने भएकोभन्दै प्रतिबन्ध लगाईएको सूचनामा उल्लेख छ । 

    पालिकाका अध्यक्ष मेयरकुमार राईले लिम्चुङबुङवासीलाई रोगबाट बचाउन, गरिबीबाट जोगाउदँै आर्थिक समानता कायम गर्न, आफ्नो स्थानीय उत्पादनको उपयोग र व्यवसायसँग जोडेर गाउँको अर्थतन्त्रको सुधार गर्न, लिम्चुङबुङले ऐतिहासिक कदम चालेको भन्दै उत्त, योजनालाई सफल बनाउन लिम्चुङबुङ बासीहरुलाई अपिल गरे । 

    उनले गाउँपालिकाले प्रतिबन्ध लगाएका सामानहरु पालिकाको नाकाहरुबाट भित्र्याएको भेटिए उक्त सामानहरु पालिकाले नियन्त्रण गरी कार्वाही गर्ने समेत जानकारी दिए । 

    पालिकाले बिहीबारदेखि उक्त सामग्री पालिकामा भित्र्न पूर्ण प्रतिबन्ध लगाउँदै यसअघि भित्रिएका उक्त सामग्री आगामी असोज १५ गतेभित्र बिक्री वितरण गर्नसक्न समेत निर्देशन दिएको छ । 

    notice.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend