२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति...

एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा

एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा

सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०३:१२
सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०३:१२
  • images

    काठमाडौँ । एकीकृत समाजवादी पार्टीले ९३ सदस्यीय केन्द्रीय कमिती घोषणा गरेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले उक्त सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको हो । 

    गत आइतरबादेखी जारी महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

    अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिने जानकारी दिए । 

    साविक पोलिटब्युरो ९९ सदस्यीय भए पनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको नेता नरेशकुमार शाहीले जानकारी दिए । यसमा सातै प्रदेश कमिटीका अध्यक्ष पनि छन् । 

    अब १० दिनभित्र केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन हुने र बाँकी केन्द्रीय सदस्यहरूको नाम पनि सार्वजनिक गरिने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend