२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रचण्डले असार २८ गते विश्वासको मत...

प्रचण्डले असार २८ गते विश्वासको मत लिने

प्रचण्डले असार २८ गते विश्वासको मत लिने

सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०३:१८
सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०३:१८
  • images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । 

    प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा उनले विश्वासको मत लिनेगरी तयारी अघि बढेको संसद् सचिवालयले जनाएको छ । 

    गत असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरेका थिए । उक्त सहकार्य अनुसार नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । 

    एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend