२०८३, आश्विन २० गते

images

वाणिज्य बैंकहरूको नयाँ ब्याजदरः कुनको कति ?

वाणिज्य बैंकहरूको नयाँ ब्याजदरः कुनको कति ?

आइतवार, मंसिर ३० २०८१०९:४७
आइतवार, मंसिर ३० २०८१०९:४७
  • images

    काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अघिल्लो महिना (मंसिर) को तुलनामा नेपाल बैंकले ०.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।

    यता कृषि विकास बैंकले ०.०३३७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५ प्रतिशत र एनएमबि बैंकले १.०३ प्रतिशतले ब्याजदर बढाएका छन् भने १२ वटा वाणिज्य बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    यसरी पुस महिनामा एनमएमबि बैंकले सर्वाधिक ब्याजदर बढाएको छ भने नेपाल बैंक लिमिटेडले घटाएको छ। सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    बैंक असोज  कात्तिक मंसिर पुस
    नबिल ६.७५ ६.२५ ५.७५ ५.५७
    नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ६.५ ६.५ ६.५
    माछापुच्छ्रे ७ ७ ६ ६
    हिमालयन ७ ६.२५ ६.२५ ६.२५
    नेपाल एसबिआई ६ ६ ६ ६
    एभरेष्ट ६ ६ ६ ६
    एनआईसी एसिया ७.१८ ६.९९ ६.७९ ६.६
    स्ट्यान्डर्ड चार्टर्ड ७ ६.५ ६.२५ ६.२५
    लक्ष्मी सनराइज ६.५ ६ ५.७५ ५.७५
    कुमारी ६.०१ ६.०१ ५.९१ ५.९१
    सिद्धार्थ ६.५ ६ ६ ६
    सानिमा ५.९ ६.१५ ६.१५ ६.१५
    एनएमबि ६.५ ६.५ ५.७५ ६.६
    प्रभु ६.१ ६.१ ६.१ ६.१
    ग्लोबल आइएमई ६.२५ ६.२५ ५.७५ ५.७५
    सिटिजन ६.५ ५.७५ ५.६५ ५.६५
    प्राइम कमर्सियल ६.२५ ६ ५.७५ ६.२५
    कृषि विकास ६.०७ ५.७५ ५.५३ ५.५७
    नेपाल बैंक ५.९५ ५.९५ ५.९५ ५.६
    राष्ट्रिय वाणिज्य बैंक ६ ५.८ ६ ६

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend