२०८३, आश्विन २० गते

images

सुनको भाउ एकैदिन २२ सयले घट्यो

सुनको भाउ एकैदिन २२ सयले घट्यो

आइतवार, मंसिर ३० २०८१११:१०
आइतवार, मंसिर ३० २०८१११:१०
  • images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

    नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend