२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • चन्द्रकोटले गर्याे १ सय शिक्षक, विद्यार्थी...

चन्द्रकोटले गर्याे १ सय शिक्षक, विद्यार्थी तथा खेलाडीलाई सम्मान

चन्द्रकोटले गर्याे १ सय शिक्षक, विद्यार्थी तथा खेलाडीलाई सम्मान

सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०५:१२
सीएनएन खबर
शुक्रवार, आषाढ २१ २०८१०५:१२
  • images

    काठमाडौँ । गुल्मीको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर १ ले एक सयभन्दा बढी शिक्षक, विद्यार्थी तथा खेलाडीलाई सम्मान गरेको छ । 

    पालिकाले शुक्रबार वडाका उत्कृष्ट शिक्षक, विद्यार्थी, असल अभिभावक, असल बुहारीलाईलाई सम्मानपत्रले सम्मान गरेको हो । 

    वडाअध्यक्ष घनश्याम खरेलले एसईई, कक्षा ५, ८ र १० मा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी, विभिन्न खेलकुद कार्यक्रममा सहभागी तथा उत्कृष्ठ अंक ल्याएका खेलाडी विद्यार्थीलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको जानकारी दिए । 

    chandracoat samman 2.jpg
    चन्द्रकोट

    उनले उनीहरुको कामको प्रशंसा तथा सम्मानका लागि वडाले उक्त काम गरेको बताए । यस्तै, वडामा कार्यरत १० जना महिला स्वास्थ्य स्वयमसेवीलाई समेत सम्मान गरिएको छ । वडाले ब्याङ्केट, करुवाका साथमा सम्मानपत्रले उनीहरुलाई सम्मान गरेको थियो । 

    यस्तै, वडाले तेक्वान्दो खेलाडी नवराज खरेल, दुर्गा वहादुर पुन तथा वडाका समाजसेवीलाई समेत सम्मानपत्रले सम्मान गरेको उनले बताए । 

    वडाअध्यक्ष खरेलले प्रत्येक वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिने बताए । उनका अनुसार चन्द्रकोटमा सो कार्यक्रम पहिलो पटक वडा नम्बर १ ले आयोजना गरेको हो । 

    chandracoat samman.jpg
    चन्द्रकोट

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend