२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एनपीएल: सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर...

एनपीएल: सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्ने, चितवन र कर्णाली पनि प्लेअफमा

एनपीएल: सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्ने, चितवन र कर्णाली पनि प्लेअफमा

सोमवार, पौष १ २०८१०१:४०
सोमवार, पौष १ २०८१०१:४०
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा प्लेअफ खेल्ने चारै टिमको टुंगो लागेको छ। लिग चरणको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम रोएल्सले कर्णालीलाई ६ विकेटले पराजित गरेसँगै चारै टिमको टुंगो लागेको हो।

    सुदूरपश्चिम रोएल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले अन्तिम चारमा स्थान बनाएका हुन्। समान ८ अंक भएपनि रनरेटमा काठमाडौं गुर्खाजलाई पछि पार्दै कर्णालीले हारका बाबजुद अन्तिम चारमा स्थान बनाएको हो । सुदूरपश्चिमले १२.२ ओभरभित्र लक्ष्य पूरा गरेको भए काठमाडौंले प्लेअफमा स्थान बनाउने अवस्था थियो। तर, उसलाई १०२ रनको लक्ष्य भेट्टाउन १५.२ ओभर लाग्यो। विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स पनि लिग चरणमै रोकिए।

    सुदूरपश्चिम १२ अंकमा शीर्ष स्थानमा रहँदा जनकपुर बोल्ट्स १० अंकमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। यस्तै इलिमिनेटरमा भने चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुने भएको छ। पहिलो क्वालिफायर र इलिमिनेटरका दुवै खेल बुधबार हुनेछ ।  

    पहिलो क्वालिफायरमा पराजित टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा बिहीबार प्रतिस्पर्धा गर्नेछ।

    फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो सवा १२ बजे सुरु हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend