२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यी...

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेण्डा

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेण्डा

सीएनएन खबर
शनिवार, आषाढ २२ २०८१०८:३६
सीएनएन खबर
शनिवार, आषाढ २२ २०८१०८:३६
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । 

    यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

    असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend