२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • एनपीएल विजेतालाई १ करोड १० लाख...

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

मंगलवार, पौष २ २०८१०४:३०
मंगलवार, पौष २ २०८१०४:३०
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।

    क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

    प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो ।

    एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।NPL-Prize-1734428753.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend