२०८३, आश्विन २० गते

images

चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा

चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा

बुधवार, पौष ३ २०८११२:५२
बुधवार, पौष ३ २०८११२:५२
  • images

    काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफयरमा प्रवेश गरेको छ ।  

    बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

    चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाएपनि जित निकाल्न सकेनन् । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

    ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

    कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे । कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

    जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा र रित गौतम शुन्य रनमा आउट भए । चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।

    बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । 

    कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend