२०८३, आश्विन २० गते

images

सुदूरपश्चिम फाइनलमा

सुदूरपश्चिम फाइनलमा

बुधवार, पौष ३ २०८१०५:२४
बुधवार, पौष ३ २०८१०५:२४
  • images

    काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।

    अब फाइनलमा पुग्न जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । जनकपुरले दिएको १४० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो ।

    यस्तै, अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे ।

    जनकपुरका लागि किशोर महतो र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

    जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एक/एक विकेट लिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend